सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य काठमाडौं, १३ असोज। टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो। नेपालका लागि अविनाश बोहरा, गुल्शन झा र सन्दीप लामिछानेले २–२ विकेट लिएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्