जलवायु परिवर्तनको मुख्य कारक विकसित राष्ट्र हुन् तर नेपालले परिणाम भोग्नुपरेको छः एन्टोनियो गुटेरेस काठमाडौं, १४ कात्तिक।संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनमा नेपालको कुनै हात नभए पनि नतिजा भोग्नुपरेको बताएका छन्।अन्नपूर्ण आधार शिविर पुगेर उनले भने,‘जलवायु परिवर्तनको मुख्य कारक विकसित र औधोगिक राष्ट्र हो,यसमा नेपालको कुनै हात छैन। धनी राष्ट्रले गर्दा जलवायु परिवर्तन भइरहेको छ,तर त्यसको नतिजा नेपालले भोग्नुपरेको छ।’उनले हिमाल र हिमनदी जोगाउन विश्व समुदायलाई अपिल गर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्