इजरायलले अस्वीकार गर्यो युद्ध विराम काठमाडौं, १४ कात्तिक। इजरायलका प्रधानमन्त्री विन्यामिन नेतन्याहुले हमासविरुद्धको युद्ध विराम गर्न अस्वीकार गरेका छन्। इजरायलमाथि युद्ध विराम रोक्न दबाब परिरहेका बेला प्रधानमन्त्री नेतन्याहुले युद्ध विरामको सम्भावना नरहेको बताएका हुन्। उनले टेलिभिजन सम्बोधनमार्फत्,‘युद्धविराम गर्न भन्नु हमासको अगाडि, आतंकवादको अगाडि आत्मसमर्पण गर्न भन्नु हो। सात अक्टुबरको आक्रमणपछि इजरायल हमाससँग युद्ध विराम गर्दैन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्