वीरगञ्ज महानगरले उठायो फोहोर फ्याँक्नेहरूबाट ६ लाख रुपैयाँ जरिवाना काठमाडौं, १५ कात्तिक। वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०–८१को तीन महिनामा जरिवाना वापत ६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०–८१ को साउनदेखि हालसम्म विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट ६ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्