राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि माघमा निर्वाचन गर्न आयोगको प्रस्ताव काठमाडौं,१५कात्तिक।निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १९सिटका लागि निर्वाचन गर्न प्रस्ताव गरेको छ।प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रस्ताव गरेका हुन्।उनले माघ दोस्रो साताभित्र चुनाव गर्न आवश्यक रहेकाले सरकारले छिटै निर्णय गर्नुपर्ने बताए।आगामी फागुन २०गते राष्ट्रिय सभाका १९सदस्यको पद रिक्त हुँदैछ।सदस्य रिक्त हुनुभन्दा एक महिना अघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्