ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु काठमाडौं, २१ कात्तिक। बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२मलकटिबाङमा दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्