नागरिक लगानी कोषको नाफा १३.८ प्रतिशत बढ्यो
काठमाडौं, २१ कात्तिक।नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा १३.८२प्रतिशतले बढेको छ।चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कोषले कुल २६ करोड ४८लाख रुपैयाँ खुद नाफा कमाएको छ। जबकि कोषले गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
प्रतिक्रिया दिनुहोस्