गाँजा खेती सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन काठमाडौं, २१ कात्तिक। सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ।अर्थमन्त्री डा.प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो। कार्यदलले काम शुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्