मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान १४ मंसिरबाट सुरु गर्ने एमालेको निर्णय
काठमाडौं, २२ कात्तिक। नेकपा एमालेले मंसिर १४ गते देखि तीन साता लामो मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको हो। पहाडको बिकासको समस्या पहिचान गरि समृद्धिलाई अघि बढाउने अभियानको मूख्य लक्ष्य भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्