‘भूकम्प प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्छ’ काठमाडौं, २३ कात्तिक।जाजरकोट भूकम्पबाट प्रभावितमा महिला तथा बालबालिकामा मनोसामाजिक समस्या देखिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन मनोविद्ले सुझाव दिएका छन्।भूकम्प प्रभावित क्षेत्रमा नागरिक मानसिक रूपमा विक्षिप्त रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत मनोविद् पूर्ण रावतले भने,“अहिले पनि परकम्प जाने क्रम जारी छ,नागरिक त्रासमा छन्।यस्तोे अवस्थामा व्यक्तिमा मनोसामाजिक समस्या देखिन सक्छ। त्यसैले मानसिक स्वास्थ्यमा पनि ध्यान दिएर काम गर्नुपर्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्