विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो काठमाडौं, २३ कात्तिक।नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २१हजार ग्राहकको लाइन काटेको छ।प्राधिकरणले विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ।विद्युत् लाइन काटेर करिब ५०करोड रुपैयाँ असुल गरिएको छ। प्राधिकरणकाअनुसार तिहारपछि वक्यौता असुलीलाई अझै सशक्त बनाइने भएको छ। असुलउपर गर्नुपर्ने विद्युत् महशुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महशुल नतिर्ने ग्राहकहरूको लाइन काटिरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्