विज्ञान र प्रविधिमा राज्यको ध्यान केन्द्रित भएन : प्रधानमन्त्री
काठमाडौं, २३ कात्तिक। प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान र प्रविधिमा भएका प्रवर्द्धनात्मक कार्यहरू प्रशंसनीय भए पनि राज्यको ध्यान विज्ञान र प्रविधिमा अझै केन्द्रित हुन नसकेको बताएका छन्। बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ४६औँ प्राज्ञ सभामा बोल्दै प्रधानमन्त्रीले देशलाई समुन्नत बनाउन,आर्थिक विकास निम्ति उत्पादनसँग जोड्न र जनताको जीवनस्तर उकास्न प्रविधिको महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने कसैको विमति नरहेको बताए।
प्रतिक्रिया दिनुहोस्