महिला ट्वान्टी–२० : नेपालले उद्घाटन खेल तान्जानियासँग खेल्ने
काठमाडौं, २३ कात्तिक।हङकङमा आयोजना हुने चार देश सम्मिलत महिला ट्वान्टी–२०प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ।यही कात्तिक २९देखि मंसिर ३गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले तान्जानियासँग कात्तिक २९गते खेल्नेछ। प्रतियोगितामा हङकङसहित नेपाल,तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन्।नेपालले आफ्नो दोस्रो खेल कात्तिक ३०गते हङकङसँग खेल्नेछ।तेस्रो खेल मंसिर २गते जापानसँग खेल्नेछ। तेस्रो स्थान र फाइनल खेल मंसिर ३ गते हुनेछ।
प्रतिक्रिया दिनुहोस्