१० विमान किन्न तिहारपछि टेन्डर आह्वान गरिनेछः मन्त्री किराती
काठमाडौं, २३ कात्तिक। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले थप १० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने बताएका छन्।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले ठूला–साना गरी थप १० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने जानकारी दिएका हुन्।नेपाल वायुसेवा निगमसँग भएका तीन र नयाँ तीन विमानले २२ आन्तरिक विमानस्थलमा उडान भर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्