धनतेरसका दिन महँगीयो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?
काठमाडौं, २४ कात्तिक। कात्तिक कृष्ण द्वादशी अर्थात् धनतेरसका दिन शुक्रबार नेपाली बजारमासुनको मूल्य तोलमा एक हजार रुपैयाँले बढेको छ। जसअनुसार छापावाला सुनको भाउ प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कायम गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख १३ हजार ७००रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्