भूकम्पबाट घाइते थप एक जनाको मृत्यु, मृतकको संख्या १५४ पुग्यो काठमाडौं, २४ कात्तिक। जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट छन्। उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान ९बजे मृत्यु भएको हो। यससँगै जाजरकोटको बारेकोट–१रामिडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्