बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण
काठमाडौं, २४ कात्तिक। पछिल्लो समय नेपालका सुदूरपश्चिम र कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् डा.मुकुन्द भट्टराईले बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको जानकारी दिए। नेपालमा वि.सं. २०३७मा ललितपुरको फूलचोकीडाँडामा पहिलो भूकम्प मापन केन्द्र निर्माण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्