काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने
काठमाडौं,२४कात्तिक।काठमाडौं महानगरपालिकाभित्र राति १बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ।महानलेका मेयर बालेन्द्र शाहले बताएका छन्,“विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसीभैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो।यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ।सोहीअनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ।”
प्रतिक्रिया दिनुहोस्