सुनचाँदी र भाँडाकुँडा किनेर आज धनतेरस मनाइँदै काठमाडौं, २४ कात्तिक। कात्तिक कृष्ण त्रयोदशीका दिन आजसुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखेर धनतेरस मनाइँदै छ। यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ।यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ।धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ।आजको दिनलाई धन त्रयोदशी,भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्