टिकटक प्रतिबन्धः सर्वोच्चमा रिटै रिट काठमाडौं,मंसिर १।टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट निवेदन पेश भएका छन्।तिहार बिदापछि अदालत खुलेसंगै कानून व्यवसायीहरुले सरकारको निर्णयमाथि धमाधम रिट दायर गरेका छन्।टिकटक प्रतिबन्धले नागरिकका लागि अपूरणीय क्षति हुने भन्दै उनीहरुले अन्तरिम आदेश जारी हुनुपर्ने माग समेत गरेका छन्।टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै कात्तिक २७ गतेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्