छठपर्वको व्रत सुरुः आज ‘नहाय–खाय’ काठमाडौं,१ मंसिर। मिथिला क्षेत्रमा छठपर्वको रौनक सुरु भएको छ।सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका व्यक्तिहरु व्यस्त छन्। पर्वको प्रारम्भ आज बर्तालुले ‘नहाय–खाय’ विधिबाट गर्दैछन्।मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जिएका छन्।धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन्। मिथिला क्षेत्रसंगै अहिले भने छठ अन्य क्षेत्रमा समेत मनाउन थालिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्