महिला टी–२० क्रिकेट सिरिजमा नेपाल तेस्रो काठमाडौं, ३ मंसिर। ४ देश सम्मेलित महिला टी–२० क्रिकेट सिरिजअन्तर्गत जापानविरुद्धको खेलमा नेपाल ४५रनले विजयी भएको छ। नेपालले दिएको ११६रनको लक्ष्य पछ्याएर जबाफी ब्याटिङमा उत्रिएको जापानले २० ओभरमा ६ विकेट गुमाएर मात्र ७०रन बनाउन सक्यो। नेपालले आफ्नो अन्तिम खेलमा जापानलाई हराउँदै तेस्रो भएको छ। यसअघि समूह चरणमा लगातार २ खेलमा पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्