प्रधानमन्त्रीको निर्देशनः जनताको कामलाई प्राथमिकतामा राख्नुस् काठमाडौं, ३ मंसिर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। रुकुम पूर्व पुगेका प्रधानमन्त्री प्रचण्डले सो जिल्लाका कार्यालय प्रमुखहरुसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले सरकारले देशमा सुशासन,सामाजिक न्याय र सम्वृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमा साथ दिन आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्