भूकम्पपीडितलाई सहयोग गर्न सरकारले खडा गरेको कोषमा उठ्यो १५ करोड बढी रकम काठमाडौं, ३ मंसिर। कात्तिक १७ गते, शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट केन्द्र भएर गएको भूकम्प पछिको राहत तथा उद्धारका लागि सरकारले खडा गरेको कोषमा हालसम्म १५ करोड २८ लाख २९ हजार ३०५.५ रकम संकलन भएको छ। संघीय सरकारले प्रधानमन्त्री दैवी कोष स्थापना गरी सहयोग संकलन सुरु गरेको थियो। उक्त कोषमा हालसम्म ५८ व्यक्ति तथा संस्थाले नगद सहयोग गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्