माग पुरा नभए २९ मंसिरबाट सत्याग्रह सुरु गर्ने डा.केसीको चेतावनी
काठमाडौं, ३ मंसिर।चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले यही मंसिर २८गतेसम्म आफ्ना माग पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।२८गतेसम्म पनि माग पूरा नभए २९गतेदेखि सत्याग्रह लगायतका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी उनले दिएका छन्। यसअघि सरकारले माग पूरा गर्ने आश्वासनपछि अनसनको कार्यक्रमलाई मंसिर २८गतेसम्म सारेका डा.केसीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्ना माग र समयसीमका विषयमा जानकारी गराएका छन्।
प्रतिक्रिया दिनुहोस्