गैँडा मारिएको घटना : छानबिन टोली चितवनमा
काठमाडौं, ४ मंसिर। वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न बनाएको समितिले स्थलगत रूपमा काम थालेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्य सम्मिलित टोलीले चितवन आएर स्थलगत रूपमा काम थालेको हो। उपमहानिर्देशक ढकालका अनुसार शनिबार घटनास्थलमा पुगेर सूक्ष्म रूपमा अध्ययन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्