टिकटक प्रतिबन्धविरुद्ध रिटको सुनवाई न्यायाधीश चुडालको इजलासमा
काठमाडौं, ४ मंसिर। सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेका विभिन्न १०रिटलाई एकैसाथ राखी सुनुवाइ हुन लागेको हो। हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि यही मंसिर १गते सर्वोच्च अदालतमा परेका सबै रिटहरुलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको थियो।
प्रतिक्रिया दिनुहोस्