अर्थतन्त्र सुधारका उपाय खोज्न सरोकारवाला निकायसँग प्रधानमन्त्री प्रचण्डले आज छलफल गर्दै काठमाडौं, ४ मंसिर। देशको अर्थतन्त्र सुधारका उपायबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज छलफल गर्दैछन्। छलफलमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिको सहभागिता रहने छ। सरकारी निकायका प्रतिनिधिहरुलाई अपराह्न ४ बजे छलफलमा बोलाइएको छ। अर्थतन्त्रलाई चलायमान बनाई, लगानीमैत्री वातावरण बनाउने, ब्याजदर घटाउने लगायतका विषयमा पनि प्रधानमन्त्री अग्रसर देखिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्