सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय
काठमाडौं, ८ मंसिर।संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १०दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो।गत मङ्सिर ५गते सरकारले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको थियो।न्याय परिषद्बाट उनीहरूमाथि संसदीय सुनुवाइका लागि मङ्सिर ६ गते पत्र प्राप्त भएकोले सुनुवाइ प्रक्रिया थालनी भएको हो।
प्रतिक्रिया दिनुहोस्