भोलि पनि तीनकुनेमा प्रदर्शन हुन्छ, म पनि सहभागि हुन्छुः दुर्गा प्रसाईं
काठमाडौं, ८मंसिर।मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोलि पनि काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन्।शुक्रवार ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले शनिवार तीनकुनेमा प्रदर्शन हुने र त्यहाँ आफू पनि सहभागी हुने बताए।उनले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाए। उनले आफू गोली खान वा जेल जान तयार रहेको बताउँदै आन्दोलन छोडेर नभाग्ने उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्