द्रुत बससेवा आजबाट पुनः सञ्चालन, ३–३ मिनेटको अन्तरमा छुट्ने
काठमाडौं,१०मंसिर।सरकारले सञ्चालन गरेको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ।गत असोज ३गते संविधान दिवसका दिन सुरु भएर कात्तिक ४गतेबाट बन्द भएको सेवा पुनः सुरु भएको हो। यसअघि २५वटा बसले सेवा दिएकोमा आजबाट ११वटा थपेर ३६पु¥याइएको छ।द्रुत बस बिहान ८देखि साढे १० र दिउँसो ३देखि साढे ५बजेसम्म चल्ने छन्।बस तीन–तीन मिनेटको अन्तरमा छट्दै रत्नपार्कदेखि सूर्यविनायकसम्म ओहोरदोहोर गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्