सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? काठमाडौं, १० मंसिर। आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार एक तोला सुनको भाउ १ लाख १६ हजार ३०० रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्