पूर्वी नाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात काठमाडौं, ११ मंसिर। पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातको तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात गरिएको छ। प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखानुसार आर्थिक वर्ष २०८०÷८१को साउन,भदौ र असोजमा भारतबाट ४७करोड ९७लाख रुपैयाँबराबरको ताजा तरकारी आयात गरिएको छ।सोही अवधिमा नेपालबाट नौ करोड ६५लाख ७२ हजार ८००रुपैयाँबराबरको तरकारी भारततर्फ निर्यात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्