जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पौने १९ करोड जम्मा काठमाडौं, ११ मंसिर। जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ८० लाख ११ हजार १८७ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गएको कात्तिक १८ देखि मंसिर १० गतेसम्म विभिन्न संघसंस्था र व्यक्तिले कोषमा उक्त रकम जम्मा गरेका हुन्। कोषमा हालसम्म ७१ भन्दा बढी संघसंस्था र व्यक्तिले रकम जम्मा गरिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्