लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित काठमाडौं, १२ मंसिर। लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित भएका छन्। पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित सो मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पारेको उनीहरूको भनाइ छ।मिलले उक्त प्रदूषण न्यूनीकरण गर्नुपर्ने माग गर्दै सुनवलवासी आन्दोलित बनेका हुन्। सुनवलका स्थानीयले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति गठन गरी पत्रकार सम्मेलनमार्फत उक्त मागबारे जानकारी गराए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्