पाकिस्तानमा इरानको हवाई हमला, २ बालबालिकाको मृत्यु काठमाडौं, ३ माघ। इरानले पाकिस्तानको बलुचिस्तानमा हवाई हमला गरेको छ। आतंकवादी संगठन जैश अल अदललाई लक्षित गरी मिसाइल आक्रमण गरेको इरानले जनाएको छ। आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सन् २०१२ मा स्थापना भएको यो संगठनले इरानको सीमा क्षेत्र मा आक्रमण गर्दै आएको छ। र, संगठनका नेताहरु पाकिस्तानमा बस्ने गरेको दाबी इरानको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्