सरकारको न्यूनतम साझा कार्यक्रम बनाउँदै एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा सरकारको न्युनतम साझा कार्यक्रम बन्ने भएको छ। सत्ता साझेदार राजनीतिक दलहरूको बिहीबार पहिलोपटक बसेको बैठकले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्नेगरी ओलीलाई संयोजक तोक्ने निर्णय गरेको हो। न्यूनतम साझा कार्यक्रम तय गर्न साझेदार दलहरुबाट एकएक जना प्रतिनिधि रहनेछन्। साझा कार्यक्रम तय गर्दा हरेक राजनीतिक दलका एजेन्डा समेट्नेबारे समेत छलफल भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्