नेपाली कलासंस्कृति मर्दैन, पीर गर्नु पर्दैनः केपी ओली काठमाडौं। एमालेका अध्यक्ष केपी ओलीले नेपाली कला र संस्कृति अमर रहने बताएका छन्। शनिवार भक्तपुरमा आयोजित चौथो एपिक नेपाल म्युजिक अवार्ड कलाकारहरुलाई प्रदान गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली कला र संस्कृतिको संरक्षणमा हरेक नेपालीहरु लागेकाले कला र संस्कृति नमर्ने बताए। उनले नेपाली संस्कार र संस्कृतिहरु कलाको माध्यमबाट पनि अहिलेसम्म जीवित रहेको भन्दै खुशी व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्