आज राति १२ बजेदेखि चुनावको स्थिर समय लागु हुँदै काठमाडौ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ ।स्थिर समय सुरू भएसँगै निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन।यो समयमा छलफल, अन्तरक्रिया, सभा सम्मेलन र गोष्ठी गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।त्यस्तै मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उमेदवारका प्रचारप्रसारको सामग्रीसमेत हटाउनु पर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्