माधव नेपालले भने: प्रचण्डप्रति सकारात्मक छु काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक धारणा रहेको बताएका छन् । तर विश्वासको मत दिने कि नदिने भन्ने सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिने बताएका छन् । १० पुसमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्