सिसिएमसी खारेज गर्न माग, प्रचण्डले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) खारेज गर्न माग गरेको छ । विपत व्यवस्थापन हेर्ने अन्य सरकारी संयन्त्रलाई काम गर्न नदिई सिसिएमसीमार्फत् भ्रष्टाचार भएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने नेता वर्षमान पुनले बताए । सिसिएमसी उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठन भएको थियो । प्रधानमन्त्रीको नेतृत्वमा विज्ञ र नागरिक समाजको संलग्नतामा सर्वदलिय र सर्वपक्षिय समिति बनाउनुपर्ने पुनले बताए ।
प्रतिक्रिया दिनुहोस्