एमाले स्थायी कमिटी बैठक सम्पन्न, सरकारलाई तीन सुझाव नेकपा(एमाले)ले बागमती प्रदेश अन्र्तगतको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा केही जनप्रतिनिधिले पार्टी निर्देशन अवज्ञा गरेको भन्दै यसलार्ई गम्भिरतापूर्वक लिएको बताएको छ । पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गर्ने क्रियाकलापको भत्र्सना गरिएको परराष्ट्र मन्त्री तथा एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीेले बताए । ज्ञवालीले सरकारले अध्यादेशबाट नभई संसदको नियमित बैठकबाट बजेट ल्याउने स्पष्ट पारे । तत्काल देशमा स्वास्थ्य संकटकाल नलगाइने पनि उनले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्