प्रचण्ड पथ मानेर कांग्रेस सत्ता कब्जाको बाटोमा : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले आफुलाई प्रजातन्त्रवादी भन्नेहरु नै प्रचण्डपथ अंगिकार गरेर लोकतान्त्रिक विरोधी खेलमा लागेको टिप्पणी गरेका छन् । लोकतन्त्र सिध्याउन र हिंसाको बाटोबाट सत्ता कब्जा नभएपछि शान्ति प्रक्रियामा आएकालाई लोकतन्त्रवादी भन्नेले साथ दिएको प्रधानमन्त्रीको भनाई छ । नेपाली कांग्रेसले प्रचण्डलाई गुरु मानेर उत्तेजनाको राजनीतिक गरिरहेको ओलीको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्