भक्तपुरमा दोस्रो डोजको खोप लगाउन सुरु भक्तपुर नगरपालिका वडा नं –५ मा कोभिडको दोस्रो मात्राको खोप दिन शुरु गरिएको छ । नगरपालिका र वडाको समन्वय समितिले विद्यार्थी निकेतनमा खोप लगाउने व्यवस्था गरेको कोभिड समन्वयका संयोजक नारायणप्रसाद प्रनवासुले बताए । एकपटकमा १० जनालाई मात्र प्रवेश गराएर स्वास्थ्य सुरक्षाको मापदण्ड व्यवस्थापन गर्दै खोप लगाइएको प्रनवासुले बताए । नगरवासीलाई सुरक्षा सचेतनाका लागि अपिलसमेत गर्दै आएको उनको भनाई छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्