ताजा जनादेशमा जानुको अर्को विकल्प छैन : मन्त्री, ढकाल
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउन नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् । दलीय व्यवस्थामा अरु दलको समर्थन बताउनु गैरलोकतान्त्रिक भन्दै कांग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हालेको बताए ।देशमा बहुदलीय शासन प्रणाली रहेकाले निर्दलीय आचरण अनुरुपको राजनीति गर्नु प्रतिगमन हो । अब ताजा जनादेशमा जानुनै उचित हुने बताए ।
प्रतिक्रिया दिनुहोस्