पूर्वराजा शाहले भने, ‘हामी स्वस्थ हुने क्रममा छौं,तर महामारीले चिन्तित छौं’ पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले आफ्नो स्वास्थ्यलाई लिएर चासो र चिन्ता लिने सबैलाई धन्‍यवाद दिएका छन् । महामारीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई धन्यवाद दिएका छन् । सबै नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महामारीबाट जीवन गुमाउनेहरुप्रति चीर शान्तिको कामना गरेका छन् । गत अप्रिलमा भारतको हरिद्वारमा गंगा स्नान गरेर फर्किएपछि पूर्वराजा र पूर्वरानीलाई कोरोना संक्रमण भएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्