सामाजिक सुरक्षा कोषमा आबद्ध हुन दिएको दबाबप्रति आपत्ति
सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तिय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले आन्दोलनको चेतावनी दिएको छ । आकर्षक योजनाविना सुरक्षा योजनामा लान खोजिएकोले आफुहरु विरोधमा उत्रिनुपरेको नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले बताए । महामारीले बैक तथा वित्तीय क्षेत्र संकटमा परेको बेला कोषमा सूचिकृत हुन नसकिने संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्