जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐनलाई संशोधन गर्न आवश्यक छ अध्यक्ष बि.क
जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐनलाई संशोधन गर्न आवश्यक रहेको राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बताएका छन् । आज ‘छुवाछुत विरुद्धको राष्ट्रिय दिवस’ का अवसरमा विश्वकर्माले समाजबाट जातिय विभेद गर्नुहुँदैन, यसलाई हटाउनुपर्छ भन्ने मानसिकता क्रमशः विकास भइराखेको बताए । भुमिहिन दलितलाई जग्गा उपलब्ध गराउन भुमि आयोगसँग राष्ट्रिय दलित आयोगले निरन्तर छलफल गरिरहेको पनि अध्यक्षले बताए ।
प्रतिक्रिया दिनुहोस्