कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ
ललितपुर महानगरपालिकाले कोभिड– १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँको दरले सहयोग गर्ने भएको छ । आइसियू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकालाई ५० हजार र अस्पताल भर्ना भएर कोरोना जितेकालाई २५ हजार रुपैयाँ प्रदान गर्ने ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । सहयोग लिनका लागि सिफारिसपत्र लगायत आवश्यक कागजपत्र आवश्यक पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्