यो देशमा सबै ठिक भइसकेको छैन
उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका छन् । एकल जातीय राज्यको प्रभाव परेको भन्दै बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उनले बताए । नियमकानुन, संविधानमा भएको कमीकमजोरीलाई संशोधन र सुधार गर्दैै जानुपर्ने उनको भनाई छ । उनको यो अभिव्यक्तिप्रति व्यापक आलोचनासमेत भएको छ ।
प्रतिक्रिया दिनुहोस्